नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

विहिबार थपिए कोरोनाका १ हजार २ सय ४६ संक्रमित

ओखलढुङ्गान्युज, भदौ २५, २०७७ काठमाण्डौं विहिबार नेपालमा १२ सय बढि कोरोना भाईरसका संक्रमित व्यक्तिहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४६ जना कोरोना भाईरसका नयाँ संक्रमितहरु थपिएका हुन् ।

देशभरका विभिन्न प्रयोगशालामा कोरोना भाईरसका ११ हजार १ सय ४४ नमुना परीक्षण गर्दा ४ सय २ जना महिला र ८ सय ४४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना भाईरसका कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जोगेश्वर गौतमले जानकारी दिनुभयो ।

कोरोना भाईरसवाट कूल संक्रमित भएकाहरु मध्ये विहिबार सम्ममा ३ सय १७ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ जना कोरोना भाईरस संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै विहिबारसम्म नेपालमा ३५ हजार ७ सय जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयका प्रबक्ता डा. गौतमले जानकारी दिनुभयो ।