नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

ओखलढुङ्गान्युज, भदौ २४, २०७७ काठमाण्डौं विश्वमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ ।  यस्तै विश्वमा संक्रमितहरुको संख्या पनि २ करोड ७७ लाख नाघेको छ । बुधबार विहान सम्म कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या २ करोड ७७ लाख १९ हजार ६ सय १ पुगेको वल्डमिटरले जनाएको छ ।

कोरोना संक्रमणका कारण विश्वमा मृत्युहुनेहरुको संख्या तिब्र गतिमा बढ्दै बुधबार विहान सम्म मृत्यु हुने मृतकको संख्या पनि ९ लाख ८ सय २१ पुगेको वल्डमिटरले जनाएको छ । वल्डमिटरका अनुसार यो समयाबधीमा कोरोनावाट निको हुनेको संख्या पनि १ करोड ९८ लाख ६ हजार ९ सय ६२ पुगेको छ ।

मंगलबार साँझसम्म नेपालमा पनि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय ७ पुगेको छ । संक्रमित ४८ हजार १ सय ३८ जना मध्ये मंगलवार साँझसम्म ३२ हजार ९ सय ६४ निको भएर घर फर्किएका छन् । नेपालमा पछिल्लो समय कोरोना भाईरस संक्रमित दर भन्दा निको हुनेको दर बढि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।