नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा बोलेरो दुर्घटना, पाँच घाइते

ओखलढुङ्गान्युज, भदौ २४, २०७७ । ओखलढुङ्गा । बुधबार दिउँसो ओखलढुङ्गामा बोलेरो जिप दुर्घटनामा परेको छ । बा २० च ६६०० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा बोलेरो चालक च्याङ्वा शेर्पा सहित बोलेरोमा सवार ६ जना घाइते भएका छन् ।

जिल्ला सदरमुकाम स्थित खाद्य संस्थानबाट चामल बोकेर सिद्धिचरण नगरपालिका वडा नं ५ बर्णालु तर्फ जाँदै गरेको उक्त बोलेरो खाद्य संस्थान नजिकै दुर्घटनामा परेको थियो । बोलेर जिप दुर्घटना हुदाँ सवारी चालक सहित बोलेरोमा सवार ६ जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा नं. ५ बर्णालुका ५० बर्षिया फुर्लामु शेर्पा, ३७ बर्षिया निम्पूटी शेर्पा, ३२ बर्षिया लाकी शेर्पा, २८ बर्षिया फुर्लाकी शेर्पा र बर्ष ३० का डोल्मा शेर्पा रहेका छन् । घाईतेहरुको ओखलढुङ्गा सामुदायीक अस्पतालमा उपचार भैरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

बोलेरो जिप खाद्य संस्थान नजिकैको मोडबाट करिब ५० फिट तल खसेर दुर्घटनामा परेको थियो । दुर्घटनापछि घाइतेहरुको तत्काल उद्धार गरि उपचारका लागि सामुदायिक अस्पताल पठाइएको थियो । बोलेरो चालक शेर्पा मोलुङ गाउँपालिका ८ रागादीपका नागरिक हुन् ।