नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

अत्यावश्यक काम बाहेक हिडडुल समेत नगर्न प्रशासनको आग्रह

ओखलढुङ्गान्युज, भदौ २४, २०७७ ओखलढुङ्गा अत्यावश्यक काम बाहेक सदरमुकाम क्षेत्रमा अनावश्यक हिडडुल गर्नेमाथि जिल्ला प्रशासन कार्यालयले कडाई गरेको छ । मंगलबार ओखलढुङ्गामा ९ जना थपिएसगै थपिएका ६ जना नगरपालिकाको वडा नं. १२ को जिल्ला समन्वय समिती टोल आसपासका भएको र कोरोना संक्रणको जोखिम उच्च रहेको भन्दै प्रशासनले कडाई गरेको हो ।

कोरोना संक्रमित व्यक्तिसँगको सम्पर्क भएका व्यक्तिहरु धेरै रहेको आशंकामा जिल्ला प्रशासनले कन्ट्रयाक्ट ट्रेसिङको कामलाई समेत मंगलबारदेखि नै सुरुवात गरेको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रायाक्ट ट्रेसिङको काम भैरहेको अवस्थामा यदि उनीहरुमा समेत संक्रमण रहेको भएमा उनीहरु मार्फत अरु व्यक्तिहरुमा कोरोना सर्न सक्ने भन्दै प्रशासनले कडाई गरेको हो ।

कोरोना संक्रमणको जोखिम जिल्लामा उच्च देखिएकोले कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको स्वाब परीक्षण रिपोर्ट नआएसम्मका लागि विशेष कडाई गरिने प्रशासनले जनाएको छ । रिपोर्ट नआएसम्म जिल्लाका अन्य स्थानीय तहबाट समेत अत्यावश्यक काम र सार्वजनिक सेवा बाहेकका काममा आफ्ना नागरिकलाई आवतजावत नगर्न आवश्यक सहजिकरण गर्न समेत सबै स्थानीय तहलाई प्रशासनले अनुरोध गरेको छ ।

जिल्ला सदरमुकामका क्षेत्रमा अत्यावश्यक कामका शिलशिलामा पनि हिडडुल गर्नपरेको जनस्वास्थ्य सुरक्षा सम्बन्धिको मापदण्ड पूर्ण रुपमा पालन गर्न समेत प्रशासनले सबैमा अनुरोध गरेको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको समन्वयमा सिद्धिचरण नगरपालिकाले आजकै मितिदेखी अर्को सूचना जारी नभएसम्मका लागि भन्दै आफ्नो अत्यावश्यक सेवा वाहेकका सेवा हाटलाई बन्द गरेको जनाएको छ ।