नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

कांग्रेस ओखलढुङ्गाका सभापति सुनुवार सहित ९ जनालाई कोरोना संक्रमण  

विएन श्रेष्ठ, भदौ २३, २०७७ ओखलढुङ्गा । नेपाली कांग्रेस ओखलढुङ्गाका जिल्ला सभापतिलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । कांग्रेसका जिल्ला सभापति प्रदिप कुमार सुनुवारलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । सभापति सुनुवार सहित ओखलढुंगामा मंगलबार ९ जना कोरोना भाईरसका संक्रमितहरु थपिएका छन् ।

विगत केही समयदेखी स्वासप्रश्वासमा समस्या रहेका सभापति सुनुवारलाई कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गर्दा मंगलबार उहाँमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । स्वासप्रश्वासमा समस्या भएपछि केही दिनदेखी नियमित औषधी सेवनका साथ सभापति सुनुवार होम क्वारेन्टाईनमा नै रहनुभएको थियो ।

ओखलढुङ्गान्युज डटकमसँग कुरा गर्दै सभापति सुनुवारले आफुलाई केही समयदेखी स्वास्थ्य समस्या भएको र स्वाब परीक्षण गर्दा कोरोना भाईरस संक्रमण देखिएको बताउनुभयो ।

सभापति सुनुवारले भन्नुभयो, ‘संसारभरि नै महामारीको रुपमा रहेको यो कोरोना भाईरस आफु पनि फ्रन्ट लाईनमा काम गर्दा गर्दै संक्रमण पुष्टि भएको छ । आफुलाई कसरी कोरोना संक्रमण भयो भन्नेबारेमा कसैसँग शंका पनि छैन । आफु अश्वस्थ भएको करीब १ हप्ता पछाडी कोरोना संक्रमण भएको पुष्टि भयो । आम जनसमुदाय, ओखलढुङ्गा जिल्लाबासी आमा–बुबा, दाजु–भाइ तथा दिदी–बहिनीमा धैर्यधारण गरि रहन आग्रह गर्दछु । आफ्नो स्वास्थ्यमा पनि पहिलेको भन्दा धेरै सुधार भएको छ । आफु अस्वस्थ्य भएको कारणले फोन उठाउन पनि समस्या भैरहेकोले मोबाईलमा फोन गरिरहनु भन्दा पनि आफ्ना कुरा म्यासेज मार्फत राखिदिन आग्रह गर्दछु । मेरो स्वास्थ्य समस्या र उपचारको विषयमा बुधबारदेखी नियमित रुपमा आफ्नो फेशबुक मार्फत नियमित जानकारी गराउनेछु । वर्तमान समस्या मेरो पहुँच भन्दा बाहिर रहेकोले संक्रमणवाट बच्न सकिन । शुभचिन्तकहरुको माया ममता र आस्थाले चाडै कोरोनालाई जितेर फर्कने विश्वास लिएको छु ।’

संक्रमित पुष्टि हुनुभन्दा केहीदिन अगाडी सभापति सुनुवार ओखलढुङ्गामा निर्माण हुदै गरेको नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयको भवन ढलान तथा नेपाली कांग्रेस ओखलढुङ्गाको गतिबिधीमा सक्रिय रहनुभएको थियो ।

मंगलबार थपिएका संक्रमित व्यक्तिहरु कहाँ कहाँका हुन् ?