नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना देखिएपछि मानेभञ्ज्याङ्ग अघोषित शिल

ओखलढुङ्गान्युज, भदौ १८, २०७७ मानेभञ्ज्याङ्ग बुधबार मानेभञ्ज्याङ्ग गाउँपालिकाका प्रहरी र हेल्पेडेस्कमा रहेका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि मानेभञ्ज्या गाउँपालिकामा अघोषित शिल गरिएको छ । स्वास्थ्यकर्मी र प्रहरी मार्फत गाउँपालिकाका अन्य नागरिकहरुमा समेत कोरोना संक्रमणको आशंकामा मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ५ वडा कार्यालयले वडा क्षेत्रमा अर्को सूचना जारी नगरे सम्म सिल गरेको सूचना जारी गरेको छ ।

त्यसैगरि कोरोना संक्रमणको त्रासमा मोभञ्ज्याङ्ग गाउँपालिकाले पनि अर्को सूचना जारी नभए सम्मका लागि भदौ १७ गतेबाट मानेभञ्ज्याङ्ग गाउँपालिकाका अत्यावश्यक सेवा प्रदायक कार्यालयहरु बाहेक सम्पूर्ण कार्यालयहरु, बजार, पसल, सम्पूर्ण प्रकारका भेला, बैठक, खेलकुद कृयाकलाप बन्द गरिएको सूचना सार्वजनिक गरेको छ । यो सूचनासगै माभेभञ्ज्याङ्ग गाउँपालिकाले प्रदान गर्ने सेवाहरुपनि विहिबारबाट अर्को सूचना जारी नभएसम्म अबरुद्ध भएका छन् ।

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले आफुहरुसँग समन्वय गरेर नै मानेभञ्ज्याङ्ग गाउँपालिकाले गाउँपालिका क्षेत्र बन्द गरेको जानकारी दिएको छ । गाउँपालिकामा कोरोना संक्रमित देखिएपछि उनीहरु मार्फत अरु व्यक्तिहरुमा पनि कोरोना सर्न सक्ने र त्यसलाई रोक्ने प्रयासका लागि गाउँपालिकाले बजार क्षेत्र बन्द गराएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङमा सहयोग पुर्याउने उद्धेश्यले बजार बन्द गरिएको हो । तर स्थानीय प्रशासनको तर्फवाट नै उक्त क्षेत्रमा निषेधाज्ञा जारी भने गरिएको छैन । बजार क्षेत्र बन्द गरि हाल संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङको काम सुरुवात गरिएको पनि सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

गाउँपालिका क्षेत्र सिद्धिचरण राजमार्ग सडकखण्डको मुख्य क्षेत्र भएकोले निषेधाज्ञा गर्दा अन्य यातायात तथा ईमर्जेन्सी सेवालाई समेत असर पर्ने भएकोले बन्द मात्रै गरिएको हो ।  बजार तथा कार्यालयहरु बन्द भएपछि बाहिरी क्षेत्रवाट आएका वा जिल्ला सदरमुकाम आउने र सदरमुकामवाट बाहिरीने गाडी अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा रोक्न पाईन छैन । सवारी आवागमन भएपनि यो अबधीभर उक्त क्षेत्रमा सवारीसाधानवाट कोही पनि नागरिक झर्ने तथा सवारी साधनमा चढ्न पाउने छैनन् ।

मानेभज्यांग गाउँपालिकाले जारि गरेको सूचना ः

मानेभञ्ज्यांग गाउँपालिका वडा नं. ५ ले जारि गरेको सूचना ः