नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

श्रीमतीको हत्या गरेको आशंकामा चम्पादेवीका गिरी पक्राउ

ओखलढुङ्गान्युज, भदौ १७, २०७७ ओखलढुङ्गा आफ्नै श्रीमतीको हत्या गरेको आशंकामा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका वडा नं. ८ का वर्ष ४० का केशब भनिने यज्ञ बहादुर गिरी रहेका छन् ।

चम्पादेवी गाउँपालिका वडा नं. ८ साविकको विदल्दु गाविसको धुसिने भन्ने स्थानमा गत भदौ १४ गते गिरीका श्रीमती गंगा खत्री (गिरी) मृत फेला परेकी थिईन् । अघिल्लो दिन सगै रहेका मृतकका श्रीमान् यज्ञ बहादुरले आफ्नो श्रीमतीले अत्याधिक मदिरा सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने बताएका छन् ।

अघिल्लो दिन श्रीमतीले अत्याधिक मदिरा सेवन गरेको भन्ने थाहा पाएकोले आफु लिन गएको र श्रीमतीलाई घर लैजान खोज्दा नमानेपछि स्थानीय मेघनाथ घिमिरेको मान्छे नबस्ने घरमा सुताएर आफु घर गएको बताउदै आएका छन् । तर विहान उठेर श्रीमतलाई छाडेको ठाँउमा जाँदा मृत भेटिएको मृतकका पति गिरीले बताएका छन् ।

अघिल्लो दिन श्रीमान् श्रीमती दुवै सगै रहनु, श्रीमतीलाई एक्ले मान्छे नबस्ने घरमा छाडेर जानु र भोली पल्ट मृत भेटिनु संकास्पद रहेको भन्दै मृतकका दाजुले प्रहरीमा जाहेरी दिएका थिए । मृतकका दाजुले जाहेरी दिएपछि मृतकका श्रीमान्लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिनुभयो ।