नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गेली गायक सपना र पूर्णको औंठाछाप सार्बजनिक

ओखलढुङ्गान्युज, भदौ १७, २०७७ काठमाण्डौं ओखलढुङ्गेली गायकद्वय सपना सुनाम र पूर्ण विकको स्वरमा रहेको लोक दोहोरी गीत औंठाछाप युट्युव मार्फत सार्बजनिक भएको छ । उक्त लोकदोहोरी गीत युट्युव मार्फत मंगलबार सार्बजनिक भएको हो ।

ठट्यौली पारामा माया पिरतीको कुरा रहेको लोकदोहोरी गीत औंठाछापमा शब्द संगीत हरि डि.सी.को रहेको छ । त्यस्तै दृश्य तर्फ ध्रुव हिमाली र रुविना अधिकारी लगायतले अभिनय प्रस्तुत गरेका छन् । अभिनयको निर्देशन भने प्रकाश भट्टले गरेका हुन् । गायीका सपना सुनाम राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान ओखलढुङ्गाका अध्यक्ष पनि हुन् ।

पछिल्लो समय कोरोनाको महामारीका कारण देशमा लकडाउनले अस्तव्य भैरहेको बेला पनि कलाकारहरुले आफ्नो कला र गलालाई विभिन्न माध्यम मार्फत सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा यो लोक दोहोरी गीत औठाछाप पनि सार्बजनिक भएको हो ।

गीतलाई यहाँ क्लिक गरेर पनि हेर्न र सुन्न सकिन्छ ः