नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

आईतवार थपिए कोरोनाका नयाँ १ हजार २ सय २१ संक्रमित

ओखलढुङ्गान्युज, भदौ १४, २०७७ । काठमाण्डौं । आईतबार नेपालमा कोरोना भाईरसका १ हजार २ सय २१ जना नयाँ संक्रमितहरु थपिएका छन् । देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ७ सय १७ जनाको परीक्षण मध्ये उक्त संख्यामा कोरोनाको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले आईतवार पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार ३ सय ४८ महिला र ८ सय ७३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाईरसवाट संक्रमित हुनको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

संक्रमित भएकाहरु मध्ये २ सय २१ जनाको मृत्यु भएको पनि प्रबक्ता डा. गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सम्म नेपालमा २० हजार ८ यस २२ जना कोरोना भाईरस संक्रमणबाट निको भई कोरोनामुक्त भएका छन् । कोरोना संक्रमितहरु मध्ये पछिल्लो २४ घण्टामा मात्र २ सय ६७ जना डिस्चार्ज भएका छन् ।