नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

शनिवार थपिए कोरोनाका ८ सय ८४ संक्रमित, मृतकको संख्या २ सय १५ पुग्यो

ओखलढुङ्गान्युज, भदौ १३, २०७७ काठमाण्डौं शनिवार पछिल्लो २४ घण्टामा देशैभर ८ सय ८४ जना नयाँ कोरोना भाईरसका संक्रमितहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ५ सय १६ पिसिआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना भाईरसको संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै १ सय ८६ जना नयाँ कोरोना भाईरसका संक्रमितहरु थपिएको जानकारी दिनुभयो । प्रबक्ता डा. गौतमका अनुसार अब नेपालमा कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या ३७ हजार ३ सय ४० पुगेको छ। उपत्यकामा थपिएका मध्ये काठमाडौंमा १ सय ५५ जना, भक्तपुरमा १२ जना र ललितपुरमा १९ जना नयाँ संक्रमित थपिएका छन्।

शनिवार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाईरसको कुल संक्रमित संख्या ३७ हजार ३ सय ४० पुगेको छ। गएको २४ घण्टामा ३ सय १३ जना संक्रमित कोरोनामुक्त भएसँगै डिस्चार्ज हुनेको संख्या पनि २० हजार ५ सय ५५ पुगेको छ। प्रवक्ता डा. गौतमका अनुसार हाल ८ हजार ३५ जना  क्वारेन्टाइनमा रहेका छन्।

मन्त्रालयका प्रबक्ता डा. गौतमले कोरोना भाईरस संक्रमणको कारण शनिवार थप १२ जनाको मृत्यु भएको जानकारी दिनुभयो । प्रबक्ता डा. गौतमले शनिबार मृत्यु हुनेको संख्या १२ थपिएको जानकारी गराएपनि शनिवार साँझसम्म कोरोना भाईरस संक्रमणको कारण थप २० जनाको मृत्यु भएको छ । प्रबक्ता डा. गौतमले दिनुभएको जानकारीमा मृत्यु भएका महोत्तरीका ३, पर्सा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको तथ्यांक जोड्न बाँकी रहेको छ ।