नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

मंगलबार थपिए ८ सय ५५ कोरोनाका संक्रमित, ७ जनाको मृत्यु

ओखलढुङ्गान्युज, भदौ , २०७७ काठमाण्डौं गएको २४ घण्टामा मात्रै नेपालमा ८ सय ५५ जना नयाँ कोरोना भाईरसका संक्रमितहरु थपिएका छन् । यो सगै अब नेपालमा कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या ३३ हजार ५ सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलवार नियमित प्रेस व्रिफिङ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ हजार तीन सय २७ जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिनुभयो । उक्त परीक्षण मध्ये २४ घण्टामा ८ सय ५५ जनामा कोरोना सङ्क्रमण देखिएको प्रबक्ता डा. गौतमले जानकारी दिनुभयो । संक्रमित भएकाहरुमा २ सय ७१ महिला र ५ सय ८४ पुरुष रहेका छन् ।

त्यस्तै गएको २४ घण्टामा नेपालमा ३ सय १३ जना कोरोना सङ्क्रमित भएकाहरु निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना निको भएर  डिस्चार्ज हुनेको सङ्ख्या पनि १९ हजार १ सय १९ पुगेको छ । प्रबक्ता डा. गौतमका अनुसार अब नेपालमा १२ हजार दुई सय ५० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यसैगरि गएको पछिल्लो २४ घण्टामा ७ जनाको ज्यान गएको छ । यो सगै कोरोना सङ्क्रमणबाट नेपालमा ज्यान गुमाउनेको सङ्ख्या पनि १ सय ६४ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।