नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गाका एक कैदी लडेर घाइते

ओखलढुङ्गान्युज, भदौ , २०७७ ओखलढुङ्गा ओखलढुङ्गाका एक कैदी वन्दि लडेर घाईते भएका छन् । घाईते हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामिरेका कैदी रविराज रम्तेल रहेका छन् ।

कर्तव्य ज्यान मुद्धामा ओखलढुङ्गाको कारागारमा रहेका रम्तेललाई मंगलवार प्रहरीले कारागारवाट ओखलढुङ्गा जिल्ला अदालतमा पेसीका लागि लगेको थियो । अदालतमा पेसीमा लगि कारागार फर्काउने क्रममा प्रहरीको घेरालाई तोडेर रम्तेल भाग्ने प्रयास गरेका थिए । प्रहरीको घेरावाट भाग्नका लागि रम्तेलले सडकवाट तल्लो गरामा हामफालेका थिए । भाग्ने प्रयास गर्दा लडेर रम्तेलको हात, खुट्टा र ढाडमा चोट लागेको छ ।

जिल्ला अदालतमा पेसीका लागि लगेर फर्कंदै गर्दा प्रहरी घेराबाट भाग्न खोज्दा लडेर घाइते भएको ओखलढुङ्गा कारागार प्रमुख चूडामणि अर्यालले जानकारी दिनुभयो । घाइते भएका रम्तेललाई स्थानीय  स्वास्थ्य चौकीमा सामान्य उपचार गरी कारागारमा नै राखिएको छ । रम्तेलले यसअघि पनि प्रहरी घेराबाट पटक–पटक भाग्ने प्रयास गरेको कारागार प्रमुख अर्र्यालले बताउनुभयो ।

गत वर्षको फागुन महिनामा मोलुङ गाउँपालिका वडा नं. ६ को पेशल आधारभूत विद्यालयकी शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या गरेको आरोपमा रम्तेल पक्राउ परेका हुन् । रम्तेल विरुद्ध ओखलढुङ्गा जिल्ला अदालतमा थुनछेकको मुद्दा चलिरहेको छ ।