नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा कोरोना संक्रमित हुनेहरुको संख्या २६ पुग्यो

ओखलढुङ्गान्युज, भदौ ८, २०७७ । ओखलढुङ्गा । शोमबार ओखलढुङ्गामा थप दुई जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ । यो सगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या २६ पुगेको छ । संक्रमित भएका मध्ये अन्य २४ जना निको भएर घर फर्किका छन् ।

शोमबार पुष्टि भएका संक्रमितहरु नेपाल प्रहरीका कर्मचारीहरु रहेको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाका फोकल पर्सन एवम् जिल्ला जनस्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । उनीहरु मध्ये १ जना खोटाङवाट  र १ जना उदयपुरवाट ओखलढुङ्गामा सरुवा भई ओखलढुङ्गामा हाजिर हुन आएका थिए । ओखलढुङ्गा आएका उनीहरु सगै वाहिर देशवाट आएका अन्यलाई पनि मोभञ्ज्याङ्ग गाउँपालिकाको हर्कपुरको होल्डिङ सेन्टरमा राखिएको थियो ।

ओखलढुङ्गाका १ जना पत्रकार सहित होल्डिङ सेन्टरमा राखिएकाहरु समेत गरि ६० जनाको स्वाब गत शनिवार परीक्षणका लागि पठाईएको थियो । ६० जनाको स्वा परीक्षणका लागि पठाईएकोमा २ जनाको भने कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य प्रमुख तिवारीले जानकारी दिनुभयो । संक्रमित दुवैको अवस्था सामान्य रहेको छ । संक्रमित दुवैजनाको ओखलढुङ्गामा नै राखेर उपचार गरिने पनि तिवारीले वताउनुभयो ।

केही दिन अगाडी कोरोना भाईरस संक्रमित भएर आईसोलेसनमा उपचारमा रहेका दुईजना भने आज नै कोरोना मुक्त भएका छन् । संक्रमित पुरुष प्रहरीको जवान रहेको र संक्रमित वालिका जिल्लाको खिजिदेम्बा गाउँपलिकाको ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरीको छोरी थिईन् । गत भदौ २ गते कोरोना संक्रमणको पुष्टि हुनुभएकी लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेलको पनि काठमाण्डौंमा होम आईशोलेसनमा नै उपचार भैरहेको छ ।