नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

शोमबार ७ सय ४३ जनामा कोरोना सङ्क्रमण, ८ जनाको मृत्यु पुष्टि

ओखलढुङ्गान्युज, भदौ , २०७७ काठमाण्डौं नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जना नयाँ कोरोना भाईरसका संक्रमितहरु थपिएका छन् । शोमबार नियमित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको हो ।

प्रबक्ता डा. देवकोटाका अनुसार शोमबार ७ सय ४३ थपिए सँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको संख्या  ३२ हजार ६ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा १० हजार २५ जनाको स्वाब परीक्षण गरिएको प्रबक्ता डा. गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न कोरोना अस्पतालहरुवाट १ सय ६७ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । यो सगै नेपालमा कोरोना भाईरस संक्रमित भएर घर फर्किनेहरुको संख्या पनि १८ हजार ८ सय ६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय ५७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।