नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

एसईईको परीक्षाफल प्रकाशित

ओखलढुङ्गान्युज, भदौ , २०७७ काठमाण्डौं शैक्षिक सत्र २०७६ को कक्षा १० को वार्षिक परीक्षा एसईईको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शोमबार साँझ सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार शोमबार साँझ ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको छ । नतिजा टेलिफोन, एसएमएस र वेईभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ ।

गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा नै सञ्चालन हुन नसेकपछि परीक्षा बोर्डले पुर्व मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन उपलब्ध गराउन जिल्ला शिक्षा समन्वय ईकाईमा मार्फत देशैभरका विद्यालयहरुलाई परिपत्र गरेको थियो । सोहि अनुसार विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए ।

विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो । विगतका वर्षहरुमा एसईई परीक्षाको परीक्षाफल असारको पहिलो हप्ता आउने गरेको भएपनि कोभिडका कारण यो वर्ष भने भदौ १ गते मात्रै परीक्षाफल प्रकाशित भएको हो ।