नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

श्रीलंकाको प्रधानमन्त्रीमा महिन्दा राजापाक्ष

ओखलढुङ्गान्युज, साउन २६, २०७७ विदेश श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा महिन्दा राजापाक्षले आईतवार सपथ लिएका छन् । महिन्दा राजापाक्ष श्रीलंकाका पूर्व राष्ट्रपति एवम् पोदुजामा पेरामुना पार्टीका नेता हुन् ।

श्रीलंकाली संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।  राजापाक्षले श्रीलंकाको राजधानी कोलम्बोको बाहिरी इलाकामा रहेको केलानीया बौद्ध मन्दिरमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री पदको सपथ लिएको श्रीलंकाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोना भाईरस संक्रमणको महामारी त्रासका विच गत अगष्ट ५ मा भएको चुनावमा श्रीलंकाका ७१ प्रतिशत नागरिकहरुले मतदान गरेका थिए । यो मतदान श्रीलंकाको ईतिहासमा नै पहिलो पटक शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताईएको छ । उक्त चुनावमा २ सय २५ सिट मध्ये १ सय ४५ स्थानमा राजापाक्षको पार्टीले विजय हासिल गरेको थियो

राजापाक्षले श्रीलंकामा यो सहित चौथो पटक प्रधानमन्त्री पदको सपथ लिएका छन् । राजापाक्षका नेतृत्वको नयाँ मन्त्रिपरिषद यही साताको अन्त्यसम्ममा घोषणा हुने बताईएको छ । श्रीलंकाली इतिहासमा भाइ गोटाबाया राष्ट्रपति र दाइ महिन्दा राजापाक्ष एकै पटक मुलुकका दुई सर्वोच्च राजनीतिक पदमा पुगेका छन् ।