नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो

ओखलढुङ्गान्युज, साउन २१, २०७७ काठमाण्डौं विश्वमा कोरोना भाईरस संक्रमितहरुको संख्या १ करोड ८७ लाख नाघेको छ । बुधबार विहान सम्म कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या १ करोड ८७ लाख २५ हजार २ सय ४ पुगेको वल्डमिटरले जनाएको छ ।

कोरोना भाईरस संक्रमणका कारण विश्वमा मृत्युहुनेहरुको संख्या पनि पुनः तिब्र गतिमा बढ्न थालेको । वल्डमिटरको पछिल्लो तथ्यांक अनुसार विश्वमा बुधबार विहान सम्म ज्यान गुमाउनेको संख्या ७ लाख ४ हजार ७ सय १९ पुगेको छ । वल्डमिटरको तथ्यांक अनुसार यो समयाबधीमा कोरोनावाट निको हुनेको संख्या पनि १ करोड १९ लाख ३८ हजार ८ सय ५२ पुगेको छ ।

मंगलबार साँझसम्म नेपालमा पनि कोरोनाका संक्रमितहरु मध्ये ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । संक्रमित २१ हजार ९ जना मध्ये मंगलवार साँझसम्म १५ हजार २६ निको भएर घर फर्किएका छन् । कोरोना संक्रमितको जोखिम रहेकै बेला नेपालमा चैत ११ गतेदेखी भैरहेको लकडानलाई भने हटाईएको भएपनि पुन लकडाउन गर्ने विषयमा सरकारले छलफल थालेको छ ।