नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

आज प्रदेश नं. १ मा सार्वजनिक विदा

ओखलढुङ्गान्युज, साउन १९, २०७७ ओखलढुङ्गा आज रक्षा वन्धन तथा जनै पूािर्णमा । आजको दिन दिदीवहिनीहरुले आफ्ना दाजुभाइहरुलाई रक्षा बन्न वाधिदिने गर्छन् ।

ब्राम्हणहरुले पनि आफ्ना जजमानका घरघरमा गएर हातमा रक्षाबन्धन स्वरुप डोरो बाधिदिन गर्छन् । जनै लगाउने पुरुषहरुले कतिपय आफ्ना आफन्तको घरमा त कतिपयले नजिकैको धारा, पधेरा, तलाउमा पुगेर नुवाई सकेर मन्दिरमा गई ब्राम्हण मार्फत जनै फेर्ने गर्दछन् ।

जनै पूर्णिमाको दिन सार्वजनिक विदा हुन्छ कि हुन्न भनेर नागरिक तथा कर्मचारी लेवलमा कौतुहलता पनि बनि रहेको छ । यसै सन्दर्भमा प्रदेश नं. १ ले भने जनै पूर्णिमाको अवसरमा प्रदेश नं. १ मा सार्वजनिक विदा हुने जनाएको छ ।

प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश नं. १ मा नयाँ वर्षको दिन वैशाख १, ऋषित तर्पणी रक्ष बन्धन साउन १९, फाल्गुनानन्द जयन्ती कार्तिक २५, छठ पर्व मंशिर ५, किराँतको उधौली पर्व पौष १५, माघि पर्व माघ १, महाशिवरात्री फागुन २७ र फागुपूर्णिमामा सार्वजनिक विदा हुने जनाएको छ ।