नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गामा थपिए कोरोना संक्रमित

ओखलढुङ्गान्युज, साउन १३, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लामा मंगलबार एकजना युवामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । सिद्धिचरण नगरपालिका वडा नं ७ का एकजना २६ वर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा दुवैमा रहेका उनी साउन १ गते नेपाल आएका थिए । उनी १ गते नेपाल आइपुगेको भएपनि साउन २ गते सुनसरीको चतराबाट ओखलढुङ्गा आइपुगेका थिए । ओखलढुङ्गा आइपुग्नासाथ उनलाई सिद्धिचरण नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका उनको साउन ९ गते स्वाब संकलन गरि कोरोना परीक्षणका लागि विराटनगर पठाइएको थियो ।

९ गते उनीसगै ओखलढुङ्गा जिल्लाबाट ६७ जनाको स्वाब संकलन गरि पठाइएकोमा एकजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो । संक्रमित पुरुषमा कुनै पनि समस्या नदेखिएकोले उनलाई क्वारेन्टाइनमा नै राखि औषधि उपचार गरिने जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।