नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

मोलुङ ७ का नागरिकलाई रोटरी क्लबको खाद्यान्न सहयोग

ओखलढुङ्गान्युज, साउन ११, २०७७ श्रीचौर मध्यपुर रोटरी क्लबले लकडाउन प्रभावित पात्लेका विद्यार्थीको परिवारलाई खाद्यान्न सहयोग गरेको छ । शनिवार मोलुङ गाउँपालिका वडा नं. ७ का १ सय ५५ परिवारलाई खाद्यान्न स्वरुप १/१ बोरा चामल उपलब्ध गराएको हो ।

मध्यपुर रोटरी क्लब RI District 3292, Nepal/Bhutan र Rotary Fran Neylon Alice Spring RI District 9500, Australia को संयुक्त सहयोगमा खाद्यान्न सहयोग गरिएको मध्यस्तकर्ता छेपाल शेर्पाले जानकारी दिनुभयो । मध्यस्तकर्ता शेर्पाका अनुसार लकडाउनको मारमा परेका विद्यार्थीका परिवारलाई केही सहयोग पुगोस भन्ने हेतुले खाद्यान्न सहयोग गरिएको बताउनुभयो ।

मध्यस्तकर्ता शेर्पाका अनुसार कोभिड १९ कोरोना भाईरसको संक्रमणवाट बच्नका लागि साबुन पानी हातधुनलाई पे्ररित गर्ने उद्धेश्यले वडाको तालकोट बजार, देछेन छ्योलिङ सेन्डुप गुम्वालाई र तालकोट हेल्थ यूनिटलाई १ हजार लिटर क्षमताको ३ थान ड्रम पनि उपलब्ध गराईएको छ । शेर्पाको मध्यस्थतामा केही समय अगाडी तालकोट बजार नजिकै विदेशी दाताको करिब ३५ लाखको सहयोगमा ५ कोठे शौचालय सहित २ कोठे विद्यालय भवन समेत निर्माण गरिएको छ । होल उक्त विद्यालयमा शिशुकक्षा देखी कक्षा ३ सम्म ३८ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

शनिवार मोलुङ गाउँपालिका वडा नं. ६ को श्रीचौर वजारमा वडा नं. ७ का वडा अध्यक्ष हेम बहादुर सुनुवार र वडा सदस्य वाङ्डा शेर्पाको उपस्थितीमा खाद्यान्न हस्तान्तरण गरिएको हो । खाद्य सामाग्री हस्तान्तरण पश्चात वडा अध्यक्ष हेम बहादुर सुनुवारले लकडाउनको मारमा परेका विद्यार्थीका परिवारलाई खाद्य सामाग्री उपलब्ध गराउनुभएकोमा दातृ संस्थाहरुका साथै मध्यस्तकर्ता शेर्पालाई धन्यवाद दिनुभएको थियो ।