नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

लिखुको विवाद सकियो, १५ सैयाको अस्पताल यसममा नै

ओखलढुङ्गान्युज, साउन ७, २०७७ । ओखलढुङ्गा । लामो समय देखि विवादित बनेको लिखु गाउँ पालिकाको विवाद किनारा लागेकाे छ । अब लिखु गाउँ पालिकामा बन्ने १५ सैयाको अस्पताल यसममा नै बन्ने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को साउन ४ गते बसेको बैठकले अस्पताल यसममा नै बनाउने गरि सुचिकृत गरेको हो ।

केहि समय अगाडी १५ सैयाको अस्पताल गाम्नाङटारमा बनाउने कि यसममा नै बनाउने भन्ने विषयमा विवाद भएको थियो । विवाद हुँदा गत असार ८ गते क्वारेन्टाइनको ब्यबस्थापन गर्न गएका गाउँ पालिकाका अध्यक्ष गोविन्द बहादुर पौडेल सहित चढेको गाडीलाई गाम्नाङटारका स्थानीयले रोकेर ५ घण्टा सम्म नियन्त्रणमा राखेका थिए ।

केहि सहमति पश्चात स्थानीयले छाडेपनि गाउँ पालिकाको बैठकमा भएको मतदानमा अस्पताल यसममा नै बनाउने पक्षमा बहुमत सृजना भएको थियो । सोही निर्णयलाई गाउँ पालिकाले असार १८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराएको थियो । गाउँ पालिकाको निर्णय बमोजिम अस्पताल यसममा नै बनाउने गरि सुचिकृत गरेको मन्त्रालयले जानकारी गराएको छ ।