नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

सप्तकोशी व्यारेजमा खतराको घण्टी

ओखलढुङ्गान्युज, साउन , २०७७ काठमाण्डौं मंगलबार विहान सप्तकोशी नदिले खतराको तह पार गरेको छ । नदीको बहावले खतराको तह पार गेपछि मंगलवार विहान सप्तकोशी व्यारेजका ४६ ओटा ढोकाहरु खोलीएका छन् ।

मंगलबार विहान गरिएको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक रहेको छ । सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च हो । कोशी ब्यारेजमा प्रतिसेकेन्ड २ लाख क्युसेक पानी बहाब मापन हुदा खतराको तह पार गर्छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशी नदीमा पानीको बहाव अझै बढ्दो क्रममा रहेको जनाएको छ । पानीको बहाव उच्च भएपछि सुनसरी र सप्तरी जिल्लाका तटिय क्षेत्रमा बुधवार हिान सम्म सतर्क रहन वा सुरक्षित स्थानमा जानका लागि शोमबार मध्यरातमा नै सूचना प्रबाह गरेको छ ।