नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

ओखलढुङ्गा कोरोना मुक्त, ७२ वर्षिय बृद्धले पनि जिते कोरोना

ओखलढुङ्गान्युज, साउन , २०७७ ओखलढुङ्गा शोमबारवाट ओखलढुङ्गा दोश्रो पटक कोरोना मुक्त जिल्ला भएको छ । पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओखलढुङ्गा सामुदायीक अस्पतालको आईसोलेसनमा राखिएका चारजना युवा घरमा नै राखेर उपचार गरिएका ७२ वर्षिय बृद्धाको पुन परीक्षण गर्दा नेगेटिभ आएपछि ओखलढुङ्गा दोश्रो पटक कोरोना मुक्त जिल्ला भएको हो ।

कोरोमा मुक्त भएपछि चारै जना युवाहरुले आईसोलेसनमा बसाईको क्रममा आफुहरुलाई अस्पताल प्रशासनले राम्रो व्यबहार गरेको भन्दै धन्यवाद दिएका छन् । कोरोनालाई जितेको तथा आईसोलेसन वार्डमा रहदा सम्पूर्ण नियमहरु पालना गरेको भन्दै अस्पतालका निर्देशक युवराज आचार्यले चारैजना युवाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

शोमबार नै कोरोना मुक्त भएका युवाहरुलाई अस्पतालका निर्देशक युवराज आचार्यले धन्यवाद सहित विदाई समेत गर्नुभएको छ । अस्पतालको आईसोलेसनमा रहि कोरोनालाई जितेर शोमबार घर फर्कनेहरुमा लिखु गाउँपालिका वडा नं. ४ का ३ जना र सुनकोशी गाउँपालिका वडा नं. ५ का १ जना पुरुष रहेका छन् ।

लिखु गाउँपालिका २ का ७२ वर्षिय पुरुषलाई भने घरमा नै राखेर उपचार गरिएको थियो । घरमा नै राखेर उपचार गरिएका बृद्धको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि लिखु गाउँपालिकाको वडा नं. २ सिहदेवीमा गरि सिल हटाईएको छ । संक्रमित बृद्धको सम्पर्कमा आएका अरुलाई कोरोना संक्रमण हुन सक्ने आसंकामा लिईएको स्वाबको परीक्षणमा लिखुका १ सय २५ जनाकै पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।