नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

साउन दोश्रो हप्तादेखी विद्यालय सञ्चालन हुने !

ओखलढुङ्गान्युज, साउन , २०७७ काठमाण्डौं कोरोना महामारीको त्रासमा लकडाउन भएपश्चात घर गएका शिक्षकहरुलाई साउनको दोश्रो हप्ता सम्म आफु कार्यरत विद्यालयमा पुग्नै पर्ने भएको छ । तत्कालका लागि विद्यालय वन्द भएपनि सरकारले बैकल्पिक व्यबस्थाको प्रयोग गरि विद्यालय सञ्चालनको तयारी गरेसँगै शिक्षकहरु आफु कार्यरत विद्यालयमा हाजिर हुनै पर्ने भएको हो ।

अहिले कतिपय विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गरिरहेका छन् । त्यस्तै कतिपय विद्यालयले टोलटोलमा विद्यार्थीहरुलाई जम्मा गरि टोलशिक्षा कक्षा सञ्चालन गरिरहेका छन् । कतिपय शिक्षकहरु भने लकडाउनको कारण देखाउदै अहिले सम्म पनि विद्यालय गएका छैनन् । शिक्षकहरु विद्यालयमा नजादा विद्यालयले गर्नुपर्ने तयारी तथा बैकल्पिक सिकाई अभियानमा आवश्यक वातावरण सहज हुन नसकेको गुनासो आएपछि सबै शिक्षकहरु आफु कार्यरत विद्यालयमा पुग्नै पर्ने व्यबस्था गर्न लागिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

चैत ११, २०७६ देखि लकडाउन भएपनि सामुदायिक विद्यालयमा कार्यरत झण्डै एक लाख ७५ हजारभन्दा बढी शिक्षकले सरकारी सुविधा लिएको छन् । सरकारी सेवा सुबिधा लिएपनि अधिकांश शिक्षकहरु आफु कार्यरत विद्यालयमा हाजिर भएका छैनन् ।  संस्थागत विद्यालयका शिक्षकहरुले लकडाउनको समयको तलब नपाएको गुनासो गर्दै विरोध गरेपनि सामुदायिक विद्यालयका आफ्नो तलब भत्ता सुविधा समयमै बुझेका छन् ।

विद्यालयमा शिक्षकलाई अनिवार्य उपस्थित हुनुपर्ने व्यबस्था गर्नलागेपनि विद्यालय कहिलेबाट खुल्न सक्छ भन्ने विषयमा भने हालसम्म कुनै योजना नबनेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । सरकारले आगामी दिनमा लिने बन्दाबन्दीको मोडालिटीले साउनको दोश्रो सातादेखी नै विद्यालय खुल्ने या नखुल्ने तय हुनेपनि मन्त्रालयले जनाएको छ ।