नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

आजदेखी पाँचदिन सम्म भारी वर्षात हुने सम्भावना, सतर्क रहन आग्रह

ओखलढुङ्गान्युज, साउन , २०७७ काठमाण्डौं आईतवारवाट नेपालमा पुन मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएसँगै आईतवारवाट कम्तीमा पाँचदिन देशैभर पानी पर्ने र केही स्थानमा भारि वर्षात हुने सम्भावना रहेकोले सतर्क रहन मौसमविदहरुले आग्रह गरेका छन् ।

अहिले मनसुनी वायुको प्रभाव देशैभर रहेकाले धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पानी पार्ने मनसुनी न्यून चापीय रेखा अलिहे नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको भएपनि क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आईतवार साँझदेखि भने मौसम थप सक्रिय हुने जनाइएको छ ।  जसका कारण आईतवार प्रदेश नं. १ र २ को केहि स्थानमा भारि वर्षात हुने सम्भावना रहेको छ ।

मनसुनी वायुको न्यून चापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुन थप सक्रिय हुने जनाइएको छ । यसले विभिन्न नदीहरुको बहावसमेत बढाउने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।  आज राति देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आईतवार साँझदेखि न्यून चापीय रेखा नेपाल नजिक पर्ने भएकाले वर्षा बढ्ने र बाढी पहिरोको जोखिम हुनेछ । शोमबार भने पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । आज रातीदेखी वर्षातको क्रम बढ्ने भएकोले नदीको सतह समेत बढ्न सक्ने हुँदा सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।