नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

कोरोना संक्रमणका कारण नेपालमा ३९ को मृत्यु

ओखलढुङ्गान्युज, असार ३१,२०७७ । काठमाडौँ । नेपालमा कोरोना भाइरस सं‌क्रमणका कारण बुधबार थप एक जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेको संख्या बुधबार एकजना थपिए सगै नेपालमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार एकजना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको जानकारी दिनुभयो । प्रवक्ता डा. गौतमका अनुसार रौतहटको पर्रोहा नगरपालिका- ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको हो ।

प्रवक्ता डा. गौतमका अनुसार बुधबारसम्म नेपालमा कोरोना भाइरस संक्रमित हुनेहरुको संख्या १७ हजार १ सय ७७ पुगेको छ । त्यस्तै कोरोना भाइरस संक्रमित भएकाहरु मध्ये बुधबार सम्म ११ हजार २५ जना निको भएर घर फर्किएका छन् ।