नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

आजदेखी कम्तिमा चारदिन भिषण पानी पर्न सक्ने, साबधानी अपनाउन आग्रह

ओखलढुङ्गान्युज, असार २५, २०७७ काठमाण्डौं प्रदेश नं. १ का केही स्थानमा विहिबार साँझबाट भिषण पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भिषण पानीसगै खोला नालामा पानीको बहाव बढ्न सक्ने र नदिको बहावमा समेत तिब्रता आई भलपहिरो जान सक्ने भएकोले साबधानी अपनाउन आग्रह गरेको छ ।

विहिबार साँझदेखी परेको पानीले शुक्रबारवाट शोमबारसम्म धेरै खोला तथा नदि किनारका आसपासमा खतरा कायम गर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डाक्टर अर्चना श्रेष्ठका अनुसार मनसुन सक्रिय रहेकाले देशका धेरैजसो ठाउँमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ ।

प्रदेश नम्बर १ र २, वाग्मती तथा त्यस आसपासका चुरे तथा तराईबाट बग्ने सबै नदीमा बहावले सतर्कता तह पार गरी केही ठाउँमा खतराको तहसम्म पुग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार असार २६ देखि २९ गतेसम्म धेरैजसो नदीमा सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्नेछ ।

ठूला नदी आसपासका क्षेत्रमा मात्र नभई ठूलो पानी पर्दा सबैले सावधानी अपनाउन सके क्षति हुनबाट जोगिन सकिन्छ । त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा जुट्न सबै पालिका र समुदायलाई अनुरोध गरेको छ ।