नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

सरिता गिरीको सांसद पद चट्

ओखलढुङ्गान्युज, असार २३, २०७७ काठमाण्डौं विवादित सांसद सरिता गिरीको पद गएको छ । समाजवादी पार्टीले गिरीलाई कार्बाही गर्दै पार्टीवाटै निष्कासन गरेपछि उनको सांसद पद गएको हो । समाजवादी पार्टीले गरेको यो कार्बाहीसगै गिरी सांसद पदवाट पदमुक्त भएकी छन् ।

गिरीले केही समय अगाडी नेपाल सरकारले जारी गरेको नेपालको नयाँ नक्शा र निशान छापको विरुद्धमा संसदमा विवादित अभिव्यक्ति दिएकी थिईन् । त्यस्तै लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्शा अनुसार निशानछाप परिवर्तनका लागि सरकारले ल्याएको संबिधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिईन् ।

गिरीले गरेको संशोधन प्रस्तावलाई फिर्ता लिन समाजवादी पार्टीले निर्देशन दिएको थियो । त्यस्तै सरकारले गरेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न पार्टीले निर्देशन समेत दिएको थियो । तर पार्टीले दिएको उक्त निर्देशनलाई गिरीले अटेर गरेकी थिईन् ।

पार्टीको निर्देशनलाई गिरीले अटेर गरेपछि पार्टीका महासचिब रामसहाय प्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कार्बाही गर्न सिफारिस गरेको थियो । पार्टीका महासचिवको नेतृत्वमा बनेको कार्यादलले कार्बाहीको सिफारिस गरेपछि गिरीलाई कार्बाही गरेको समाजवाद पार्टीले जनाएको छ ।