नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

सिद्धिचरण नगरपालिकाको १ किलो सलह कृषि शाखालाई

ओखलढुङ्गान्युज, असार २२, २०७७ ओखलढुङ्गा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा समेत शोमबार सहल किराको फौज देखिएको छ । आईतबार साँझसम्म नदेखिएको सलह शोमबार विहान उठ्दा बारिमा देखिएको सिद्धिचरण नगरपालिका वडा नं. ११ सोब्रुका स्थानिय राजेन्द्र बाहिङ राईले बताउनुभयो ।

केहिदिन अगाडी सलह चम्पादेवी गाउँपालिकामा देखिएको समाचारहरु बाहिर आएका थिए । अलिक ठुलो मात्रामा चम्पादेवी गाउँपालिकाको केही वडामा देखिएपनि जिल्लाका अन्य स्थानमा समेत फाट्टफुट्ट रुपमा देखिएका नागरिकहरुले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । शोमबार भने सिद्धिचरण नगरपालिकाको वडा नं. ११ मा सलहको फौज देखिएको थियो । सलहको फौज देखिएपछि नियन्त्रणका लागि आवश्यक कदम चाल्न माग गर्दै सोब्रुका स्थानियहरुले एक केजी सलहलाई समातेर सिद्धिचरण नगरपालिकाको कृषि शाखामा बुझाएका छन् । सलहको नियन्त्रण र यसले कृषिमा गर्ने क्षतिलाई बेलैमा ध्यान दिन ध्यानाकर्षण गराउन आफुहले सलह समातेर कृषि शाखालाई बुझाएको स्थानीय राजेन्द्र राईले बताउनुभयो ।

स्थानीयले प्रमाण सहित नै नियन्त्रणको लागि माग गरेपछि कृषि ज्ञान केन्द्र ओखलढुङ्गाको प्राविधिक टोली सहित आफुहरु सम्बन्धित स्थानको अनुगमनमा गएको नगरपालिकाका कृषि शाखा प्रमुख भिम परियारले बताउनुभयो । सलह प्राय गरि विहान र बेलुका बालीमा देखिने र दिउसो उड्ने तथा सानो झुण्ड मात्र भएकोले यसले बालीमा खासै असर नपार्ने शाखा प्रमुख परियारले बताउनुभयो । 

शोमबार विहान देखिएको सलहले वडा नं. ११ को सोब्रुमा खासै असर नगर्ने भएपनि थप सलह आएमा  नगरपालिकाका अन्य क्षेत्रमा असर गर्ने भएकाले आवश्यक अध्ययन भैरहेको परियारले बताउनुभयो । अनुगमन पश्चात कृषि ज्ञानकेन्द्रको टोलीसग समेत बसेर आवश्यक योजना बनाई कार्यान्वयन गरिने शाखा प्रमुख परियारले बताउनुभयो ।