नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गामा थपिए फेरी तिन जना कोरोना संक्रमित

ओखलढुङ्गान्युज, असार २२, २०७७ ओखलढुङ्गा ओखलढुङ्गाका तिन जनामा पुन कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट ओखलढुङ्गा मुक्त भएको समाचार सार्बजनिक हुदै गर्दा पुन तिनजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शोमबार नियमित प्रेस व्रिफिङ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले धुलिखेलमा गरिएको पिसिआर परीक्षणका क्रममा तिन जनामा कोरोना भाईरस पुष्टि भएको जानकारी दिनुभयो । ओखलढुङ्गावाट कोरोना परीक्षणका लागि पठाईएका स्वाबको धुलिखेलमा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । 

ओखलढुङ्गाका तिनजनामा शोमबार कोरोना पुष्टि भएको र उनीहरु लिखु गाउँपालिकाकै भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितहरुको सम्पर्कमा आएकाहरुको ट्रेसिङका लागि लिखु गाउँपालिकासँग समन्वय भैरहेको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन सुमन तिवारीले जानकारी दिनुभयो ।

लिखु गाउँपालिकामा हाल विभिन्न बाहिरी मुलुकवाट आएका १४ जना क्वारेन्टाईनमा रहेका छन् । शोमबार मात्रै लिखुका २८ वर्षिय एक पुरुष कोरोना निको भएर घर फर्कदै छन् ।