नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ३४

ओखलढुङ्गान्युज, असार २१, २०७७ काठमाण्डौं नेपालमा कोरोना भाईरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ । कोरोना भाईरस संक्रमणका कारण आईतवार सम्म नेपालमा ज्यान गुमाउनेको संख्या ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न कोरोना अस्पतालवाट १ सय ३२ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना भाईरस संक्रमण भएर निको हुने प्रतिशत ४१ दशमलव ५ छ ।