नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

शुक्रबार थपिए कोरोनाका ७ सय ४० संक्रमित, मृतकको संख्या ३२

ओखलढुङ्गान्युज, असार १९, २०७७ काठमाण्डौं पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४० जना कोरोनाका संक्रमित थपिएका छन् । यो संख्या थपिए सगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या १५ हजार नाघेको छ । अर्थात नेपालमा कोरोना भाईरस संक्रमित हुनेको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका कोरोना प्रयोगशालामा ४ हजार ४ सय ८३ जनाको नमुना परीक्षण गर्दा अहिलेसम्म कै बढि ७ सय ४० जना कोरोनाका संक्रमित भेटिएको जानकारी दिनुभयो।

मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय २३ जना कोरोनाका संक्रमित निको भएर घर फर्किएका छन् । यो सगै कोरोना संक्रमित भएर निको हुनेहरुको संख्या नेपालमा ६ हजार १ सय ४३ पुगेको छ । त्यस्तै शुक्रबार सम्म कोरोना भाईरस संक्रमणका कारण नेपालमा मृत्यु हुनेहरुको संख्या पनि ३२ पुगेको छ ।