नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

फोर्ड नेपालको अध्यक्षमा शुशिल निर्वाचित

ओखलढुङ्गान्युज, असार १६, २०७७ । ओखलढुङ्गा । ग्रामिण विकास मञ्च (फोर्ड) नेपालको अध्यक्षमा दल बहादुर कार्की (शुशिल) निर्विरोध निर्वाचित भएका छन् । वि. सं. २०५६ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको फोर्ड नेपालको गत शनिवार भएको १६ औं अधिबेशनवाट कार्की सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन उपसमितिका संयोजक छवि धमलाका अनुसार संस्थाको नयाँ कार्य समितिको उपाध्यक्षमा निशान श्रेष्ठ, सचिवमा सिताराम दाहाल कोषाध्यक्षमा मुना श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै सहसचिवमा मनमाया श्रेष्ठ र सदस्यहरुमा सागर उपकार (सार्की) सुनिता रापचा, रामकुमार खत्री लगायत निर्वाचित भएका छन् ।

करीब २ दशक देखी जिल्लाको सामाजिक क्षेत्रमा निरन्तर कृयाशिल यस संस्थाले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसगको समन्वय र सहकार्यमा विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ । परियोजनामा मार्फत ओखलढुङ्गा जिल्लाको ग्रामिण क्षेत्रमा रहेका हजारौ नागरिकहरुले सेवा उपभोग गरिरहेका छन् ।

निर्वाचित नयाँ कार्य समितिका सदस्यहरुलाई सुनकोसी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष झनक कार्की, संस्थाका पूर्व अध्यक्ष हितराज कार्की, रेवतीरमण सुनुवार लगायतले बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।