नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

विश्वमा कोरोना संक्रमित १ करोड बढि, ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो

ओखलढुङ्गान्युज, असार १४, २०७७ । काठमाण्डौं । आईतबार विहान विश्वमा कोरोना भाईरस संक्रमितहरुको संख्या १ करोड नाघेको छ । वल्डमिटरको पछिल्लो तथ्यांक अनुसार विश्वमा आईतबार विहान सम्म कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या १ करोड ८० हजार २ सय २४ पुगेको वल्डमिटरले जनाएको छ ।

त्यस्तै कोरोना भाईरस संक्रमणका कारण विश्वमा मृत्युहुनेहरुको संख्या पनि ५ लाख नाघेको छ । वल्डमिटरको पछिल्लो तथ्यांक अनुसार विश्वमा आईतबार विहान सम्म ज्यान गुमाउनेको संख्या ५ लाख १ हजार २ सय ६२ पुगेको छ । तथ्यांक अनुसार यो समयाबधीमा कोरोनावाट किो हुनेको संख्या पनि ५४ लाख ५७ हजार ९ सय ४५ पुगेको वल्ड मिटरले जनाएको छ ।

तथ्यांक अनुसार सबैभन्दा बढि अमेरिकामा १ लाख २८ हजार १ सय ५२ जनाको कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएको छ । त्यस्तै बेलायतमा ४३ हजार ५ सय १४, ईटालीमा ३४ हजार ७ सय १६, फ्रान्समा २९ हजार ७ सय ७८ र ब्राजिलमा ५७ हजार १ सय ३ जनाको कोरोना भाईरस संक्रमणको कारण मृत्यु भएको छ ।

कोरोना भाईरस संक्रमित भएकाहरु मध्ये अमेरीकामा १० लाख ८१ हजार ४ सय ३७, ब्राजिलमा ७ लाख १५ हजार ९ सय ५, रुसमा ३ लाख ९३ हजार ३ सय ५२, भारतमा ३ लाख १० हजार १ सय ४६, चिलीमा २ लाख २८ हजार ५५ जना निको समेत भैसकेका छन् ।