नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गाका १ सय ३७ कै पिसिआर रिपोर्ट नेगेटिभ

ओखलढुङ्गान्युज, असार १३, २०७७ ओखलढुङ्गा कोरोना भाईरस परिक्षणका लागि पठाईएका ओखलढुङ्गाका १ सय ३७ जना कै पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । बुधबार पठाईएको स्वाव परीक्षणको रिपोर्ट शनिवार सम्म सबै जनाको आएको हो ।

पछिल्लो पटक जिल्लामा भित्रिएका भारत लगायत तेश्रो मुलुकका नागरिकहरु सहित कोरोना भाईरस संक्रमणको रोकथामका लागि अग्रभागमा रहेर खटिएका पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको स्वाब संकलन गरिएको थियो । मंगलबार सुनकोसी गाउँपालिका र चम्पादेवी गाउँपालिकामा स्वाब संकलन गरिएको थियो । त्यस्तै बुधबार पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सहित मोलुङ, सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङ्गमा स्वाब संकलन गरिएको थियो ।

संकलन गरिएको सबै स्वाबलाई बुधबार नै विराटनगर पठाईएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन एवम् जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । बुधबार पठाईएका १ सय ३७ मध्ये १ सय जनाको रिपोर्ट शुक्रबार साँझ आएको थियो भने ३७ जनाको शनिवार आएको थियो ।

हालसम्म ओखलढुङ्गा जिल्लामा २ सय ४५ जनाको कोरोना भाईरस परीक्षण पिसिआर गरिएकोमा लिखु गाउँपालिकाका १ जनाको पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएका ब्यक्तिको हाल मोरङ जिल्लाको गोठगाउँमा रहेको कोरोना अस्पतालमा उपचार भैरहेको छ ।