नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गा जिल्लामा थप दुई जना कोरोना संक्रमित थपिए !

खलढुङ्गान्युज, असार ११, २०७७ । ओखलढुङ्गा । विहिवार साझ ओखलढुङ्गाका दुईजना कोरोना भाइरस संक्रमित थपिएको केही सञ्चारमाध्यम मार्फत सार्वजनिक भएका छन् । बुधबार जिल्ला स्वास्थ्य कार्यालयको तर्फबाट संकलन गरि पठाइएको स्वाब मध्ये दुई जनाको पिसिआर परीक्षण पोजेटिभ आएको बताइएको छ ।

केहि सञ्चार माध्यम मार्फत ओखलढुङ्गामा कोरोना भाइरस संक्रमितको संख्या थपिएको समाचार सार्वजनिक भएपनि कुनै पनि सरकारी कार्यालयले यसको पुष्टि गरेको छैन । केहि सञ्चार माध्यमहरुले ओखलढुङ्गाका थप २ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको समाचार प्रसारण गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट विहिवार गरेको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ओखलढुङ्गाका दुईजना पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी गराउनु भएको थियो । तर ओखलढुङ्गा जिल्लाबाट संकलन गरि पठाइएको स्वाबको पछिल्लो पटक कसैको पनि पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ नआएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म ओखलढुङ्गा जिल्लामा आधिकारिक रुपमा कोरोना भाइरस परीक्षण रिपोर्ट पोजेटिभ आएको छैन । केहि सञ्चार माध्यममा समाचार प्रसारण भएको भनेर आफूलाई पटकपटक फोन आएपनि विहिबार साँझ ८ बजेसम्म त्यसको आधिकारिक रूपमा पुष्टि हुने कुनैपनि जानकारी आफुलाई प्राप्त नभएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाका फोकल पर्सन एवम् जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।