नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

१० पत्रकार सहित १ सय ३७ जनाको स्वाब कोरोना परीक्षणमा

ओखलढुङ्गान्युज, असार ११, २०७७ ओखलढुङ्गा ओखलढुङ्गाबाट बुधबार थप १ सय ३७ जनाको स्वाबलाई कोरोना भाईरस परीक्षणका लागि विराटनगर पठाईएको छ । जिल्लाका १० जना पत्रकार सहित सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुको समेत स्वाब संकलन गरि पठाईएको हो ।

समाजको अग्रभागमा रहेर समाजकै हितका लागि लागिपर्नेहरुलाई समेत विभिन्न माध्यम मार्फत कोरोनाको संक्रमण हुन सक्ने भन्दै क्रियाशिल पत्रकार, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुको समेत स्वाब संकलन गरि परीक्षणका लागि पठाईएको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन सुमन तिवारीले बताउनुभयो ।

मंगलबार जिल्लाको सुनकोसी गाउँपालिका र चम्पादेवी गाउँपालिकाका क्वारेन्टिनमा रहेका ६४ जनाको स्वाब संकलन गरिएको थियो । त्यस्तै बुधबार सिद्धिचरण नगरपालिकाको वडा नं. ११ रमाईलोडाँडामा रहेको हेल्पडेस्कमा १० जना पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्य कर्मीहरु र केही बाहिरवाट आएकाहरुको समेत गरि ४४ जनाको स्वाब संकलन गरिएको थियो । बुधबार नै मानेभञ्ज्याङमा समेत स्वाव संकलन गरिएको थियो ।

यसभन्दा अगाडी ओखलढुङ्गामा १ सय ८ जनाको कोरोना भाईरस परीक्षण (पिसिआर टेष्ट) गर्दा लिखु गाउँपालिकाका १ जना २८ वर्षिय पुरुषलाई कोरोना भाईरस भएको पुष्टि भएको थियो । उनको अहिले मोरङ जिल्लाको गोठगाउँमा रहेको प्रदेश कोरोना अस्पतालमा उपचार भैरहेको छ । बुधवार पठाईएको स्वाबको पिसिआर रिपोर्ट आईतवार सम्म आउने फोकल पर्सन तिवारीले बताउनुभयो ।