नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गाको लिखु गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

ओखलढुङ्गान्युज, असार ११, २०७७ ओखलढुङ्गा । विहिबार विहान पौने ९ बजे तिर ओखलढुङ्गाको लिखुमा एम्बुलेन्स दुर्घटनामा परको छ । लिखु गाउँपालिकाको प्रदेश नं. ३–०१–००२ झ ५११५ नम्बरको एम्बुलेन्स दुर्घटना हुदा एम्बुलेन्सका चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

एम्बुलेन्स दुर्घटनामा परि एम्बुलेन्सका चालक लिखु गाउँपालिका वडा नं. ४ यसम घर भएका वर्ष २२ का सुदर्शन खत्रीको घटनास्थलमा नै मृत्यु भएको हो । लिखु गाउँपालिका वडा नं. ४ वाट लिखु गाउँपालिका वडा नं. ६ गाम्नाङटार तर्फ विरामी लिन गएको उक्त एम्बुलेन्स दुर्घटनामा परेको हो ।

लिखु गाउँपालिका वडा नं. ६ को कात्तिके भिरवाट अन्दाजी २ सय मिटर तल एम्बुलेन्स खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक मिलन सिंह बस्नेतले जानकारी दिनुभयो । केही समय अगाडी लिखु गाउँपालिका वडा नं. ३ का एक स्थानीयको सहयोगमा उक्त एम्बुलेन्स लिखु गाउँपालिकालाई हस्तान्तरण भएको थियो ।