नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

सिद्धिचरण नगरपालिकाको आ.ब. २०७७/७८ का लागि साढे ६४ करोड बजेट प्रस्तुत

ओखलढुङ्गान्युज, असार १०, २०७७ ओखलढुङ्गा सिद्धिचरण नगरपालिका ओखलढुङ्गाको छैठौं नगरसभा सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको नगरपालिकाको छैठौं नगर सभालाई सम्बोधन गर्दै नगर उपप्रमुख ईच्छा कुमारी गुरुङले आर्थिक बर्ष २०७७/७८ का लागि बजेट बक्तब्य प्रस्तुत गर्नुभएको छ ।

बजेट बक्तब्यमा सिद्धिचरण नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ का लागि कुल ६४ करोड ४५ लाख ३७ हजार ७ सय ५० रुपैया आम्दानी हुने अनुमानित बजेट सार्वजनिक गरिएको छ । सार्बजनिक गरिएको बजेट बक्तब्यको रकम भित्र आन्तरिक राजश्व, संघिय सरकारबाट प्राप्त हुने राजश्व वाँडफाँड तथा वित्तिय समानीकरण बजेट समेत रहेका छन् । त्यस्तै संघिय सरकारवाट प्राप्त हुने सशर्त अनुदान वापतको रकम, संघिय सरकारबाट प्राप्त हुने विशेष अनुदान, समपुरक अनुदान तथा प्रदेश सरकारवाट प्राप्त हुने समपुरक अनुदान समेत समेटिएको छ ।

त्यस्तै नगरपालिकाको व्ययतर्फ चालु खर्च १० करोड २० लाख, १२ वटा वडाका लागी प्रत्येक वडामा ४० लाखको दरले ४ करोड ८० लाख विनीयोजन गरेको छ । त्यस्तै विषयगत शाखावाट सञ्चालन हुने कार्यक्रममा २ करोड १० लाख, शसर्त अनुदान तर्फका कार्यक्रममा २९ करोड ३७ लाख, संघिय समपुरक अनुदान कार्यक्रममा ६८ लाख खर्च हुने अनुमानित गरिएको छ । त्यस्तै सघिय विशेष अनुदान कार्यक्रममा ३३ लाख, प्रदेश समपुरक अनुदानमा १ करोड, नगरस्तरिय पूर्वाधार विकास कार्यक्रममा ५ करोड ५१ लाख र सामाजिक क्षेत्र विकास कार्यक्रममा १० करोड ४६ लाख ३७ हजार ७ सय ५० अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८ का नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोभिड १९ को कारण प्रभावित र विदेशवाट फर्किएका युवाहरुलाई लक्षित गरेर विशेष अनुदान राहत प्याकेजलाई प्राथमिकता दिएको छ ।