नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

ओखलढुङ्गान्युज, असार , २०७७ काठमाण्डौं पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३८ जना कोरोनाका नया संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाईरस संक्रमितहरुको संख्या १० हजार नाघेको छ । अर्थात नेपालमा कोरोना भाईरस संक्रमित हुनेको संख्या १० हजार ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा ५ सय ३८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो।

प्रबक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ महिला र ६८ पुरुष गरी ७६ जना उपचारपछि कोरोना निको भएर डिस्चार्ज भएका छन् । योसँगै ८९ महिला २ हजार ३५ पुरुष गरी २ हजार २ सय ३४ जना डिस्चार्ज भएको पनि प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो। अहिलेसम्म कोरोना संक्रमणबाट नेपालमा २४ जनाको मृत्यु भएको छ।