नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

नेपालमा कोरोनाका कारण मर्नेको संख्या १०

ओखलढुङ्गान्युज, जेठ २२, २०७७ काठमाण्डौं नेपालमा कोरोना भाईरस संक्रमणको कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । जेठ २० गते पाल्पाको मिसन अस्पतालमा ज्यान गुमाएका एक ४५ वर्षका पुरुषमा पनि संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या १० पुगेको हो ।

विहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या १० पुगेको हो । डा. देवकोटाका विहिबार देशभरका ३ सय ३४ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. देवकोटाका अनुसार कोरोना भाईरस संक्रमित भएर अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका २ सय ९० जना भने उपचारपछि निको भएका छन् ।