नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ सय

खलढुङ्गान्युज, जेठ २१, २०७७ । काठमाण्डौं नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ सय पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २०१ जनामा कोरोना पुष्टि भए सगै नेपालमा कोरोना आइरस संक्रमित हुनेको संख्या २ हजार ३ सय पुगेको हो ।

बुधबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले पछिल्लो २४ घण्टामा थप २०१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमित हुनेको सङ्ख्या ह्वात्तै बढ्ने क्रममा रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार बुधबार थप १२ जना कोरोना संक्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको भएर घर फर्कनेको संख्या नेपालमा २ सय ७८ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारणले मृत्यु हुनेको सङ्ख्या पनि ९ पुगेको छ ।