नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गाका स्थानीय तहलाई होटल व्यवसायी संघको सहयोग

ओखलढुङ्गान्युज, जेठ २०, २०७७ । ओखलढुङ्गा । कोरोना सङ्क्रमणबाट जोगिन होटल व्यवसायी संघ ओखलढुङ्गाले जिल्लाका सबै स्थानीय तहलाई माक्स सहयोग गरेको छ । होटल ब्यवसायी संघले जिल्लाका सबै स्थानीय तहलाई २ सय थानका दरले १ हजार ६ सय थान मास्क सहयोग गरेको हो ।
ओखलढुङ्गामा रहेका ८ ओटै स्थानीय तहमा पुर्याउन आग्रह गर्दैै सहयोग सामाग्री जिल्ला कमाण्ड पोष्टका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गणेश आचार्यलाई हस्तान्तरण गरिएको होटल व्यवसायीक संघ ओखलढुङ्गाका अध्यक्ष थगेन्द्र राज राईले जानकारी दिनुभयो । कोरोनाको संक्रमणबाट जिल्लाबासीलाई बचाउने अभियानमा साथ दिदै होटल ब्यवसायी संघका तर्फबाट सहयोग गरिएको अध्यक्ष राईको भनाई छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण छिमेकी जिल्लाहरुमा समेत देखा परिसकेको अवस्थामा यसको रोकथाम र नियन्त्रणमा जुट्न होटल व्यवसायी संघले सबैमा अपिल गरेको छ । सोमबार होटल व्यवसायी संघका अध्यक्ष सहितका पदाधिकारीले जिल्ला प्रशासन कार्यालयमा पुगेर सामान हस्तान्तरण गरेका थिए ।