नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

कक्षा ८ को पालिका स्तरिय परीक्षाको परीक्षाफल प्रकाशित

ओखलढुङ्गान्युज, जेठ १९, २०७७ ओखलढुङ्गा चिशंखुगढी गाउँपालिकाले कक्षा ८ को पालिका स्तरीय वार्षिक परीक्षाको परीक्षाफल सार्बजनिक गरेको छ । गाउँपालिकाको जेठ १३ गते बसेको बैठकको निर्णय अनुसार परीक्षाफल प्रकाशित गरेको गाउँपालिकाले सुचना प्रकाशित गरि जानकारी गराएको छ ।

गाउँपालिकाका अनुसार सम्बन्धित विद्यालयले गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा सम्पर्क गरि प्रमाणित गरेर ग्रडसिट र ग्रड देजर बुझ्न समेत अनुरोध गरेको छ । पालिकाले सार्वजनिक गरेको सूचना अनुसार आफ्नो परीक्षाफलका बारेमा चित्त नबुझेमा विद्यार्थीले प्रति विषय रु १ सय ५० को भौचर भरी पुनर्योगका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै विद्यार्थीको कुनै दुई ओटा सम्म सैद्धान्तिक विषयमा डी प्लस भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले ग्रेड बृद्धि परीक्षाका लागि जेठ २३ सम्म सम्बन्धित विद्यालयमा ग्रेड बृद्धि फारम भर्न र सम्बन्धित विद्यालयले जेठ २६ सम्म गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा समष्टिगत फारम बुझाउन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

ओखलढुङ्गा जिल्लामा विद्यार्थीहरुको वार्षिक परीक्षा सकेर चैत महिनाको दोश्रो हप्तामा नै परीक्षाफल प्रकाशित गर्ने गरेकोमा यस शैक्षिक सत्रमा लकडाउनका कारण वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित हुन सकेको छैन । जिल्ला सदरमुकाममा रहेको लालिगुराँस ईङ्गलिस बोर्डिङ स्कूलले विद्यार्थीहरुको पुरै परीक्षा नलिईकन विगतको परीक्षाको आधारमा वार्षिक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको थियो ।