नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

लकडाउनको अवधि १२ दिन थप गर्ने मन्त्रीपरिषद्को निर्णय

खलढुङ्गान्युज, जेठ १८, २०७७ । काठमाण्डौं । सरकारले चैत ११ देखि जारी गरेको लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएकोले अझै सतर्कता आवश्यक भन्दै लकडाउनको अवधि थप गर्ने शनिबारको मन्त्री परिषदको बैठकले निर्णय गरेको हो ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले बताउनुभयो ।

सरकारले गत चैत महिना देखि गरेको लकडाउन जेठ २० गते सकिदै थियो । त्यस्तै शनिबारको मन्त्री परिषदको बैठकले असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने पनि निर्णय गरेको छ ।