नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

ओखलढुङ्गाका एक कैदि बन्दी रिहा

ओखलढुङ्गान्युज, जेठ १६, २०७७ । ओखलढुङ्गा ।गणतन्त्र दिवस २०७७ को अवसरमा ओखलढुङ्गाका एक जना कैदीबन्दी रिहा भएका छन् । रिहाई हुनेमा कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका ओखलढुङ्गा जिल्लाको लिखु गाँउपालिका वडा नम्बर ९ पोकलीका सन्तोष भुजेल रहेका छन् ।

भुजेल स्थानीय एक वृद्ध पुरुषको हत्या गरेको अभियोगमा २०६९ साल कार्तिक १३ गते देखि कर्तव्य ज्यान मुद्धामा जेल जीवन बिताइरहेका थिए । ५० प्रतिशत भन्दा बढि कैद भुक्तान गरिसकेका उनी दिवसको अवसरमा जेलमुक्त भएका हुन । सरकारले गणतन्त्र दिवस, प्रजातन्त्र दिवस र संविधान दिवसको अवसर पारेर पनि कैदीबन्दीको सजाय मिनाहा गर्दै आएको छ ।

भुजेलसँगै सरकारले दुई सय ३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेको छ । गणतन्त्र दिवस २०७७ को अबसर पारेर मन्त्रिपरिषद्को बैठकले आधा कैदि जिवन भुक्तानी गरेका २ सय ३३ जना कैदीलाई जेलबाट रिहा गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवशका अवसरमा बिहीबार ती कैदीको सजाय मिनाहा गर्नुभएको हो ।