नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा विद्युत अवरुद्ध, स्थानीय सञ्चारमाध्यमा समस्या

ओखलढुङ्गान्युज, जेठ १४, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लामा मंगलबारबाट विद्युत प्रसारण अबरुद्ध भएको छ । मंगलबार आएको हावाहुरीसँगै ओखलढुङ्गामा विद्युत अवरुद्ध भएको हो । विद्युत अवरुद्ध हुँदा जिल्लाका स्थानीय सञ्चारमाध्यम प्रसारणमा समेत समस्या भएको छ ।

हावाहुरीका कारण जंगलमा रुख लडेर कनेक्सन टुट्दा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, ओखलढुङ्गा वितरण केन्द्रले जनाएको छ । मंगलबार बाट नै विद्युत अवरुद्ध भएको भएपनि कहानिर समस्या भएको हो भन्ने अहिलेसम्म ठाउँ पत्ता लागेको छैन । विद्युत प्रसारणमा समस्या भएको स्थानको खोजी भइरहेको कार्यालयले जनाएको छ ।

बुधबार बिहान देखि नै ओखलढुङ्गा प्रसारण लाइनको मुख्य लाइन चेक गरिएपनि समस्या नदेखिएकोले समस्या खोटाङतर्फ हुन सक्ने सम्भावना रहेकोले खोटाङ तर्फ टोली खटाएको कार्यालयले जनाएको छ ।