नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

मंगलबार आएको हावाहुरीले हर्कपुरमा घरको छाना उडायो, परिवारको बिचल्ली

ओखलढुङ्गान्युज, जेठ १३, २०७७ । ओखलढुङ्गा । मंगलबार ओखलढुङ्गामा आएको हुरी बतासले मोलुङ गाउँ पालिकामा दुइओटा घरको छाना उडाएको छ । मंगलबार आएको हावाहुरीले मोलुङ गाउँ पालिका वडा नं ४ हर्कपुरका ज्ञानु खत्रीको घरको छाना उडाएको हो ।

‌‌

भुकम्प प्रतिरोधी घरको टिनको छानो हावाले उडाएसगै आएको असिना पानी घरभित्र पस्दा घरभित्र रहेको अन्नपात भिजेर क्षति भएको छ । भिषण असिनापानीले घरभित्र रहेको सबैसामान क्षति पुर्याएको पिडित खत्रीले बताइन । इलाका प्रहरी कार्यालय रामपुरको प्रहरीको टिमले अवलोकन गरेर फर्किएको भएपनि क्षतिको विवरण भने आइसकेको छैन ।

मंगलबार हुरी बतास सगै आएको असिनापानीले कृषकहरुले लगाएको मकै तथा आलुबालीमा गम्भिर क्षति पुर्याएको छ । मंगलबार आएको हावाहुरी र असिनापानीले कहाँ कहाँ कति क्षति पुगेको छ भन्ने बारेमा भने जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिनुभयो ।