नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

लिखु गाउँपालिकाले योजना सम्झौता नगर्ने

ओखलढुङ्गान्युज, जेठ १२, २०७७ ओखलढुङ्गा ओखलढुङ्गाको लिखु गाउँपालिकोले कुनै पनि योजना सम्झौताको काम नगर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै जेठ ११ बाट पालिकामा सञ्चालन हुने कुनैपनि योजनाका कार्यक्रमको सम्झौता नगर्ने जनाएको हो ।

कोरोना भाईरस संक्रमणको आशंकामा भैरहेको लकडाउनका कारण आर्थिक वर्ष २०७६/७७ का लागि गाउँपालिकावाट विनियोजन भएको बजेटको कतिपय योजनाको सम्झौता हुन सकेका छैनन् । हाल सम्म सम्झौता नभएका योजनाहरुको काम आगामी दुई महिनाभित्र सम्पन्न हुन नसक्ने भन्दै योजना सम्झौताको काम बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सुचनामा कोभिड १९ को प्रतिकूलताका कारण सम्झौता नभएका योजनका कामहरु सम्पन्न हुन नसक्ने भन्दै अर्को व्यबस्था नभएसम्मका लागि योजना सम्झौताका सबै कार्यक्रम बन्द गरिएको जनाएको छ । साथै सम्झौता भैसकेका योजनाका कामहरुपनि कोभिड १९ सँग सचेतता कायम गर्दै सामाजिक दुरी कायम गरि सञ्चालन गर्न अनुरोध गरेको छ । गाउँपालिकाको यो सूचना सगै गाउँपालिकाका वडामा सञ्चालन हुने क्रममा रहेका दर्जनौ योजना प्रभावित भएका छन् ।