नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

नेपालको नयाँ नक्शा जारी, अब नेपालको क्षेत्रफल कति ?

ओखलढुङ्गान्युज, जेठ ११, २०७७ । काठमाण्डौं । नेपाल सरकारले हिम्मत गरेर भारतीयहरुको विरोधका बाबजुद पनि नयाँ नक्शा जारी गरेको छ । नेपाल सरकारले जारी गरेको नयाँ नक्शामा लिम्पियाधुरा सहितको भुभागलाई समाबेश गरिएको छ । नेपालको नयाँ नक्शा जारी गरिएपनि क्षेत्रफल भने सार्वजनिक गरिएको छैन । सरकारले हालसम्म पनि देशको क्षेत्रफल कति भन्ने बारेमा सार्बजनिक नगर्दा नेपालको आधिकारिक क्षेत्रफल कति भयो भन्ने कुरा जिज्ञासाको विषय बनेको छ । 

नयाँ नक्शा जारी गरेको सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि नेपालको क्षेत्रफलबारे विभिन्न प्रचार भइरहेको छ । लिम्पियाधुरालाई समेत समाबेश गरेर जारी गरेको नक्शाको आधारमा नेपालको कूल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ बर्ग किलोमिटर भएको प्रचार गरिएको छ । तर प्राबिधिकहरुले भने सरकारले जारी गरेका नक्साका आधारमा नेपालको क्षेत्रफल १ लाख ४७ हजार ९ सय ५० वर्गकिमि हुने बताइरहेका छन् । 

नेपालले नयाँ नक्शा जारी गरेसँगै गुगलको वेबसाइटमा  ‘जीओग्राफी अफ नेपाल’ मा नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्गकिमि क्षेत्रफल उल्लेख गरिएको छ । नयाँ नक्शा नबन्दासम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ बर्ग किलोमिटर थियो । यसका आधारमा पहिलाको भन्दा तीन सय ३५ वर्गकिमि क्षेत्र बढेको देखिन्छ । नेपालको आधिकारीक कूल क्षेत्रफल कति हो भन्ने बारेमा भने अझै केही समय कुर्नुपर्ने देखिएको छ ।